दफा ३७
तोकिएको म्यादभित्र क्षतिपूर्ति वा मुआब्जा बुझिलिनु पर्ने :

यस ऐनको विभिन्न दफाहरूमा क्षतिपूर्ति वा मुआब्जा लिनको लागि तोकिएको म्यादभित्र सरोकारवाला व्यक्तिले सो रकम लिन नआएमा वा लिन मञ्जुर नगरेमा स्थानीय अधिकारीले त्यस्तो क्षतिपूर्ति वा मुआब्जाको रकम बुझ्नको लागि तीन महीनाको अन्तिम म्याद दिई सूचना प्रकाशित गर्नु पर्नेछ । सो म्यादभित्र पनि लिन नआउने सरोकारवाला व्यक्तिले त्यस्तो क्षतिपूर्ति वा मुआब्जा पाउने छैन र सो क्षतिपूर्ति वा मुआब्जाको रकम सञ्चित कोषमा दाखिल गरिनेछ ।